यौनकर्मीको कथामा आधारित ‘अनोरा’लाई ५ अस्कर अवार्ड (विजेताको सूचीसहित)

काठमाडौं । ९७औं अस्कर अवार्ड समारोहमा २३ विधामा अस्कर विजेताको घोषणा गरिएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित अवार्ड समारोहमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ । यसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार समावेश छ । यस वर्षको अस्कर अवार्डमा द ब्रुटालिस्टमा अभिनयका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड […]

Mar 3, 2025 - 08:21
 0
यौनकर्मीको कथामा आधारित ‘अनोरा’लाई ५ अस्कर अवार्ड (विजेताको सूचीसहित)

काठमाडौं । ९७औं अस्कर अवार्ड समारोहमा २३ विधामा अस्कर विजेताको घोषणा गरिएको छ।

अमेरिकाको लस एन्जलसमा आयोजित अवार्ड समारोहमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ । यसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार समावेश छ ।

यस वर्षको अस्कर अवार्डमा द ब्रुटालिस्टमा अभिनयका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

‘द ब्रुटालिस्ट’ले उत्कृष्ट छायाङ्कनको लागि अस्कर अवार्ड जितेको छ । यो पुरस्कार बेलायतका लोल क्राउलीले प्राप्त गरेका छन् ।

अस्करमा जोई साल्दानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितिन्। यो जोई साल्डानाको पहिलो अस्कर अवार्ड हो। ‘एमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्।

अवार्ड जितेपछि उनले भनिन्, “म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।”

ब्राजिलियन फिल्म ‘आई एम स्टिल हियर’ ले सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर अवार्ड जित्यो। यो फिल्म ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइभाको वास्तविक बेपत्ताको घटनामा आधारित छ।

यस समारोहमा ‘ड्युन: पार्ट टु’ले दुई अस्कर पुरस्कार प्राप्त गरेको छ। यसले पहिले सर्वश्रेष्ठ ध्वनि श्रेणीमा अस्कर जित्यो र त्यसपछि सर्वश्रेष्ठ दृश्य प्रभाव पुरस्कार जित्यो।

ड्युन: पार्ट टु फ्र्याङ्क हर्बर्टको उपन्यास ड्युनमा आधारित चलचित्र हो। यो फिल्मले पहिले नै धेरै प्रशंसा बटुलिसकेको छ।

हेरौँ, विजेताहरूको सूची – 

फिल्म : अनोरा
निर्देशक : सिन बेकर (अनोरा)
अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्री : मिकी माडिसन (अनोरा)
सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
सम्पादन : सिन बेकर (अनोरा)
छायाङ्कन : लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
मौलिक पटकथा : सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन : विक्ड
लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स
अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)
ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)
एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइन : विक्ड
ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर : नो अदर ल्याण्ड
भिजुअल इफेक्ट : ड्युन पार्ट-२
साउण्ड : ड्युन पार्ट-२

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register