माओवादीको निष्कर्ष : भिजिट भिसा प्रकरणमा ‘सेटिङ’ भएको प्रष्ट देखियो, गृहमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको […]

Jun 2, 2025 - 12:51
 0
माओवादीको निष्कर्ष : भिजिट भिसा प्रकरणमा ‘सेटिङ’ भएको प्रष्ट देखियो, गृहमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट माओवादी केन्द्र पछि हट्न नसक्ने उनले बताए ।

उपमहासचिव पुनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभइ आम सञ्चारमाध्यम र जनसमुदायले नै भनिरहेको अवस्थामा उनले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभइ आम सञ्चारमाध्यम र जनसमुदायले नै भनिरहेको अवस्थामा उहाँ छानबिनमा सहयोग गर्नुपर्छ,’ उनले भने ।

मंगलबार संसद बैठकभन्दा अगाडि विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने पुनले जानकारी दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register