प्रतिकार्य अभ्यास हातेमालो प्रदर्शनी

रौतहट।   चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथर क्षेत्रको बागमती नदीमा सोमबार प्रदेश स्तरीय बिपद प्रतिकार्य अभ्यास हातेमालो प्रदर्शनी गरिएको छ । रौतहट र सर्लाहीको सीमा भएर बग्ने बाग्मती नदी र किनारमा मधेश प्रदेश सरकार र नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिबासको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।  यो अभ्यास हातेमालो सातौ संस्करण रहेको आयोजकले जनाएको […]

Jun 2, 2025 - 12:57
 0
प्रतिकार्य अभ्यास हातेमालो प्रदर्शनी

रौतहट। 

 चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथर क्षेत्रको बागमती नदीमा सोमबार प्रदेश स्तरीय बिपद प्रतिकार्य अभ्यास हातेमालो प्रदर्शनी गरिएको छ । रौतहट र सर्लाहीको सीमा भएर बग्ने बाग्मती नदी र किनारमा मधेश प्रदेश सरकार र नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिबासको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।

 यो अभ्यास हातेमालो सातौ संस्करण रहेको आयोजकले जनाएको छ । सो प्रदर्शनीको प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिहले पूर्ब तयार्ी गरिरहदा यसपटक मौसम बिभागका अनुसार बिगतको ३० बर्ष यता नेपालमा ठुलो बर्षा हुने भएकाले मधेशमा बसोबास गर्नेहरु सतर्क हुनु पर्ने  बताए  । उनले भने,  पहाडतिर बर्षा हुँदा  तटियक्षेत्र रहेको मधेश प्रभाबित हुनेछ । बिपद प्रतिकार्यमा जनशक्ति तयार गर्न र तीनै तहको सरकारले यसका लागि गृहकार्य गर्न जरुरी रहेको बताए । उनले नदी  दोहन र अबैध क्रसरका कारण नदीको बहाब परिबर्तन भई कटान गरेर पनि बिपद आईपर्ने भएकाले प्रशासनले ध्यान दिन जरुरी रहेको बताए । 

सोही कार्यक्रममा पृतनापति उपरथी श्री  कृष्ण बहादुर जिसीले सुख्खा मौसममा आगलागीको जोखिम लाई थप बढाउने बताउदै उधोग, कलकारखाना,प«ेट्रोल पम्प, बन, घनाबस्ती आगलागीको उच्च जोखिमका क्षेत्र भएकाले मधेश प्रदेशमा सबै  सरोकारवाला निकायको उच्च स्तरको समन्वय सहितको प्रभावकारी आगलागी नियन्त्रण प्रणालीको आबश्यक्ता रहेको बताए । 

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले मनसुनजन्य बिपदको सामना गर्न देखाएको प्रर्दशनीले प्रतिकार्यको लागि सार्थक ह्ुने बिश्वास लिए. । आगलागी नियन्त्रण,नदीमा खोजतलास र उद्धार, नि:शुल्क स्वास्थ्य शिबिर, बिपद ब्यबस्थापन सामग्रीहरुको प्रदर्शनी रहेको थियो । बाढी, डुबान, आगलागी लगायतका सम्भावित विपद्को सामना गर्न सक्नेगरी उद्धार अभ्यास गरिएको थियो भने प्रदर्शनीको उदेश्य विपद्का बेला विभिन्न सरोकारवाला निकायहरूबीच समन्वय, तालीम, र अभ्यासमार्फत आपत्कालीन व्यवस्थापन क्षमता बढाउनु रहेको छ । 

कार्यक्रममा जनप्रतिनिधि,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, दमकल टोली, लगायतको प्रदर्शनीमा उपस्थिति  रहेको नारायणदत गणका गणपति लेखनाथ कटुवालले बताए।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register