कान्तिलोकपथ चार दिन बन्द रहने

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै ललितपुर जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ। कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान गर्नुपर्ने भएकाले सडकमा यातायात आवागमन चार दिनसम्म रोक लगाइएको छ ।  जेठ २१ गते बुधबारबाट जेठ २४ गतेसम्म यातायात सञ्चालन नहुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको […]

Jun 3, 2025 - 06:16
 0
कान्तिलोकपथ चार दिन बन्द रहने

हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै ललितपुर जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ।

कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान गर्नुपर्ने भएकाले सडकमा यातायात आवागमन चार दिनसम्म रोक लगाइएको छ ।  जेठ २१ गते बुधबारबाट जेठ २४ गतेसम्म यातायात सञ्चालन नहुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

२०८१ असोज १२ गतेको बाढीले उक्त पुलकाे मकवानपुरको भिमफेदी ८ तर्फको एउटा स्पान बगाएको थियो। स्पान बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन भइरहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register