कालिमाटिमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीको विषादी परीक्षण

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा सोमबार राती विषादी परीक्षण गरेका छन् । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गरेका हुन् । नेपालका विभिन्न ठाउँबाट […]

Jun 3, 2025 - 08:06
 0
कालिमाटिमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीको विषादी परीक्षण

काठमाडौं ।

काठमाडौंको कालीमाटी तरकारी बजारमा सोमबार राती विषादी परीक्षण गरेका छन् । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गरेका हुन् ।

नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डां ईश्वर सुवेदीले जानकारी दिए । नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डां ईश्वर सुवेदीले बताएका छन् ।

परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डां सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अशोक पराजुली सहभागी थिए । परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमूना लिइएको थियो ।

संकलित नमूनाहरुको र्‍यापीड वायोसे अफ पेष्टिसाइड्स रिसिड्युज (आरबीपीआर) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरु परीक्षण गरिएको हो ।संकलित तरकारीका नमूनाहरु चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाही, धादिङ, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानबाट ल्याइएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register