मोटरसाइकलको ठक्करबाट भौतिक मन्त्रालयका चालकको मृत्यु

जनकपुर। जनकपुरको मधेश भवननजिक भएको मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो । उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ । बिहान कार्यालय आउन लाग्दा मधेश भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले […]

Jan 24, 2025 - 07:33
 0
मोटरसाइकलको ठक्करबाट भौतिक मन्त्रालयका चालकको मृत्यु

जनकपुर।

जनकपुरको मधेश भवननजिक भएको मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो ।

उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ । बिहान कार्यालय आउन लाग्दा मधेश भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले चलाएरको मोटरसाइकले ठक्कर दिँदा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेशको २(०२(००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register