गभर्नर पौडेलविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ । मंगलबार उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको थियो । पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गराएका थिए । सो रिटमाथि १४ जेठमा सर्वोच्चले कारण देखाऊ आदेश दिइसकेको […]

Jun 3, 2025 - 11:26
 0
गभर्नर पौडेलविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

मंगलबार उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको थियो ।

पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गराएका थिए । सो रिटमाथि १४ जेठमा सर्वोच्चले कारण देखाऊ आदेश दिइसकेको छ । न्यायाधीश अब्दुलअजीज मुसलमानको इजलासले पौडेलविरुद्धको रिटमा कारण देखाऊ आदेश गरेका थिए ।

गभर्नर पौडेलसँग नेपाल राष्ट्र बैङ्क ऐनले तोकेको विज्ञता नभएको दाबी रिटमा गरिएको छ । यसअघि उनीहरू पौडेल गभर्नर नियुक्त नहुँदै नियुक्ति रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । प्रशासनले उक्त रिट दरपिठ गरिदिएकोमा इजलासले पनि उक्त दरपिठ सदर गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register