भारतसँग भूमि साट्ने कुरा गरेकाे छैन : प्रधानमन्त्री प्रचण्ड

Jun 5, 2023 - 06:22
 0
भारतसँग भूमि साट्ने कुरा गरेकाे छैन : प्रधानमन्त्री प्रचण्ड
भारतसँग भूमि साट्ने कुरा गरेकाे छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको दाबी गर्नुभएकाे छ ।साेमबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरासँग भूमि साट्ने प्रस्ताव आफूले भारत भ्रमणका क्रममा कहिँ पनि नगरेकाे दाबी गर्नुभयाे । 

सीमाबारे याे विकल्प हुन्छ वा यसमा जाऔं भनेर कुनै प्रस्ताव नगरेको उहाँले दाबी गर्नुभयाे । 'लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतलाई दिएर बंगलादेशसम्म पुग्न मार्ग मागेको कुरामा सत्यता छैन' - प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

उहाँले मिचिएको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भूमि नेपालको हो भनेर स्थापित गर्न आफूले भूमिका खेलेको दाबी गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो, नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु, जबसम्म दीर्घकालीन समाधान हुँदैन, नेपाल-भारत बीचको समस्या समाधान हुन सक्दैन ।'

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमाकाे विषयमा आफूले प्रष्ट कुरा राखेकाे र माेदीले पनि प्रष्टै कुरा राखेकाे दाबी गर्नुभयाे । सिमानाको समस्या हल गर्नुपर्छ भनिएको प्रधानमन्त्री स्तरबाट पहिलोपटक भएको दाबी गर्दै प्रचण्डले भन्नुभयाे - 'सीमा समस्या हाल गर्नुपर्छ, प्रधानमन्त्री स्तरबाट बोलिएको पनि यो पहिलो पटक हो, हामीले यो समस्या स्थायी रूपमा समस्या समाधान होस् भन्ने चाहेका छौँ ।'

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1