मकुना मारिएको विरोधमा पशुअधिकारकर्मीको प्रदर्शन

चितवन । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीहरूले विरोध जनाएका छन् । बिहीबार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण सङ्घ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको सङ्घको आरोप छ […]

Feb 13, 2025 - 10:03
 0
मकुना मारिएको विरोधमा पशुअधिकारकर्मीको प्रदर्शन

चितवन । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीहरूले विरोध जनाएका छन् ।

बिहीबार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण सङ्घ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको सङ्घको आरोप छ । प्रदर्शनमा सहभागीले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरूको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register