सुनको मूल्य हालसम्मकै उच्च, तोलामै ५७ सयले बढ्यो

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५७ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५७ सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय […]

Apr 10, 2025 - 06:15
 0
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै ५७ सयले बढ्यो

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५७ सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५५ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register