प्रतिनिधि सभा बैठकः बल्लबल्ल सुरु भयो, एकछिनमै सकियो

काठमाडौँ । विगत केही दिनदेखि लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक सोमबार पनि स्थगित भएको छ । संसद् बैठकमा विपक्षी दलले अवरोध गरेपछि बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको हो ।  बैठक सुरु हुनेबित्तिकै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै विपक्षी दलले उठेर संसद्मा विरोध जनाएको थिए ।  विपक्षी दलको अवरोधकै बीच संसद् चल्ने […]

Jun 9, 2025 - 11:04
 0
प्रतिनिधि सभा बैठकः बल्लबल्ल सुरु भयो, एकछिनमै सकियो

काठमाडौँ । विगत केही दिनदेखि लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक सोमबार पनि स्थगित भएको छ । संसद् बैठकमा विपक्षी दलले अवरोध गरेपछि बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको हो । 

बैठक सुरु हुनेबित्तिकै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै विपक्षी दलले उठेर संसद्मा विरोध जनाएको थिए । 

विपक्षी दलको अवरोधकै बीच संसद् चल्ने स्थिति नदेखेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरिएको जानकारी दिएका छन् । संसद्को अवरोध हटाउन निरन्तर छलफल गरिरहेको भए पनि सहमति हुन नसकेको सभामुखले जनाएका छन् । 

यसो त विपक्षीले अवरोध गरे पनि सत्तापक्षले पेलेरै संसद् चलाउने तयारी गरे पनि अवस्था झन् बिग्रिने देखेपछि बैठक नै स्थगित गरिएको छ । हाल पुनः संसद् सञ्चालनका लागि छलफल भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register