झापामा फैलिँदै डेंगु संक्रमण

झापा, २६ जेठ । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसँगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये ३७ जना विर्तामोड नगरपालिकाका रहेका छन् । दमक र गौरादह नगरपालिकाका एक–एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो [...] The post झापामा फैलिँदै डेंगु संक्रमण appeared first on Jhapa Online.

Jun 9, 2025 - 14:41
 0
झापामा फैलिँदै डेंगु संक्रमण

झापा, २६ जेठ । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसँगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये ३७ जना विर्तामोड नगरपालिकाका रहेका छन् । दमक र गौरादह नगरपालिकाका एक–एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो ।

डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

The post झापामा फैलिँदै डेंगु संक्रमण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register