शंकर पोखरेलको दाबी- ‘भारतले बिजुली नदिए लोडसेडिङ हुन्छ’ 

काठमाडौँ । एमाले नेता शंकर पोखरेलले भारतले बिजुली नदिए नेपालमा लोडसेडिङ हुने बताएका छन् । प्रेस चौतारी नेपालको दशैँ महाधिवेशनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो दाबी गरेका हुन् ।  उनले हाल भारतले बिजुली नदिने हो भने नेपालमा पुनः लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।  केही दिनअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक […]

Mar 23, 2025 - 11:55
 0
शंकर पोखरेलको दाबी- ‘भारतले बिजुली नदिए लोडसेडिङ हुन्छ’ 

काठमाडौँ । एमाले नेता शंकर पोखरेलले भारतले बिजुली नदिए नेपालमा लोडसेडिङ हुने बताएका छन् । प्रेस चौतारी नेपालको दशैँ महाधिवेशनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो दाबी गरेका हुन् । 

उनले हाल भारतले बिजुली नदिने हो भने नेपालमा पुनः लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । 

केही दिनअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि नेपालमा लोडसेडिङ अन्त्य हुनुमा भारतको ठूलो हात भएको भन्दै भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्ने बताएका थिए । त्यति मात्र होइन, उनले नेपालमा अब साँझको समयमा लोडसेडिङ हुने बताएका थिए । 

तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अब नेपालमा लोडसेडिङ नहुने बताउँदै आएका छन् । उनले लोडसेडिङको हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register