नेपाल आइपुगे अमेरिकाले देश निकाला गरेका ३७ जना नेपाली

काठमाडौँ । अमेरिकाले देश निकाला गरेका नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका हुन् ।  अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौँ ल्याएर छाडिएको थियो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको थियो ।  अमेरिकाले पछिल्लो पटक देश निकाला गरेका […]

Jun 9, 2025 - 05:07
 0
नेपाल आइपुगे अमेरिकाले देश निकाला गरेका ३७ जना नेपाली

काठमाडौँ । अमेरिकाले देश निकाला गरेका नेपालीहरु काठमाडौँ आइपुगेका छन् । उनीहरु आइतबार राती काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका हुन् । 

अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले देश निकाला गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौँ ल्याएर छाडिएको थियो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको थियो । 

अमेरिकाले पछिल्लो पटक देश निकाला गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । 

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register