अब पठाओ राइडर बन्न ८० प्रतिशत अंकसहित परीक्षा पास गर्नुपर्ने

काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालको राइडर बन्न अब ८० प्रतिशत अंकसहित अनिवार्य रुपमा परीक्षा पास गर्नुपर्ने भएको छ । आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ पठाओले राइडर बन्नका लागि उक्त प्रावधान ल्याइएको कम्पनीले जनाएको छ । पठाओले राइडरको गुणस्तर, सुरक्षा र सेवा अनुभव सुनिश्चित गर्न सुरुदेखिकै प्रक्रियाअन्तर्गत, राइडर दर्ताका लागि […]

Jun 10, 2025 - 12:12
 0
अब पठाओ राइडर बन्न ८० प्रतिशत अंकसहित परीक्षा पास गर्नुपर्ने

काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालको राइडर बन्न अब ८० प्रतिशत अंकसहित अनिवार्य रुपमा परीक्षा पास गर्नुपर्ने भएको छ । आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ पठाओले राइडर बन्नका लागि उक्त प्रावधान ल्याइएको कम्पनीले जनाएको छ ।

पठाओले राइडरको गुणस्तर, सुरक्षा र सेवा अनुभव सुनिश्चित गर्न सुरुदेखिकै प्रक्रियाअन्तर्गत, राइडर दर्ताका लागि अनिवार्य अनलाइन प्रशिक्षण र परीक्षा प्रणाली लागू गर्दै आएको मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । सेवा सुरुवातदेखि नै राइडरले डिजिटल प्रणाली, ग्राहक सेवा र ट्राफिक अनुशासनमा दक्ष हुनुपर्ने मापदण्ड अवलम्बन गर्दै आएको उनको भनाइ छ ।

पठाओमा राइडर बन्न इच्छुक व्यक्तिले बिलबुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा तेस्रो पक्ष बीमा अनिवार्य पेस गर्नुपर्छ । यी कागजपत्र पेस गरिसकेपछि उनीहरूलाई अनलाइन कक्षामा सहभागी गराइन्छ । जहाँ ग्राहकसँग कसरी व्यवहार गर्ने ? डिजिटल वालेट कसरी प्रयोग गर्ने ? एपमा अर्डर कसरी लिने ? का साथै कम्पनीका नियमहरू सिकाइन्छ ।

प्रशिक्षणपछि हुने अनलाइन परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने छ । असफल हुनेले भोलिपल्ट पुनः प्रशिक्षण लिनुपर्ने हमालको भनाइ छ । ‘यो प्रक्रिया हामीले सुरुदेखि नै कडाइका साथ लागू गर्दै आएका छौँ, हामी प्रत्येक राइडरलाई जिम्मेवार, जानकार र प्रयोगकर्तामैत्री बनाउने अभियानमा निरन्तर छौँ’, उनले भनिन् ।

यता, राइडर बन्नका लागि ८० प्रतिशत अंक ल्याउनुपर्ने नियमको हाल सामाजिक सञ्जालमा विरोध भइरहेको छ । ‘पछिल्लो समय यस विषयले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ, तर कम्पनीले भने सुरुदेखि नै यो प्रक्रिया अपनाउँदै आएको छ’, उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register