नेपाली ओपन कन्सर्टका लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डनमा

लन्डन । बेलायतमा हुन गइरहेको १७ औं नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती लन्डन आइपुगेका छन् । मगर संघ यूकेले १४ जुन शनिबार गर्न लागेको नेपाली ओपन कन्सर्ट मा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्  । यसैगरी  भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा […]

Jun 12, 2025 - 08:02
 0
नेपाली ओपन कन्सर्टका लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डनमा


लन्डन । बेलायतमा हुन गइरहेको १७ औं नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती लन्डन आइपुगेका छन् ।

मगर संघ यूकेले १४ जुन शनिबार गर्न लागेको नेपाली ओपन कन्सर्ट मा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्  । यसैगरी  भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडा मगर पनि बेलायत आएका छन्   

कलाकारहरुलाई मगर संघ बेलायतका अध्यक्ष लालु पुनलगायतको टोलीले विमानस्थलमा स्वागत गरेको थियो ।

बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित मगर  संघ यूकेले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट गर्दै आएको छ । करिब ५ हजार दर्शक सहभागी हुने आशा गरिएको सो कन्सर्टमा बेलायतका स्थानीय कलाकारले समेत नृत्य प्रस्तुत गर्नेछन् ।

‘म्यूजिक फर युनिटी’ नाराका साथ बेलयतको फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले बताएका छन् ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।

‘भ्वाइस अफ नेपाल’ सिजन ६ का कोचसमेत रहेका खेम सेन्चुरी र गायिका अन्जु पन्त भने कार्यव्यस्तताका कारण कन्सर्ट  सकिएलगत्तै भोलिपल्टै नेपाल फर्कने कार्यक्रम छ ।

फोटो- लन्डन नेपाल न्यूज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register