भद्रपुर नगरपालिका : कृषिमा प्रविधिसँगै उत्पादनमा प्रोत्साहन गर्दै

सन्तोष शर्माभद्रपुर, २९ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिमा प्रविधि भित्र्याउनुका साथै उत्पादनलाई प्रोत्साहन गरिरहेको छ । नगरपालिकाले लागत साझेदारीमा विविध कृषि औजार प्रदान गर्नुका साथै धान, मकै, फापर, कोदो, तोरी, तरकारी लगायतका कृषिउपज उत्पादनका आधारमा अनुदान दिएर प्रोत्साहित गरिरहेको हो । कृषिमा यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तरगत नगरपालिकाले दुई वटा धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर [...] The post भद्रपुर नगरपालिका : कृषिमा प्रविधिसँगै उत्पादनमा प्रोत्साहन गर्दै appeared first on Jhapa Online.

Jun 12, 2025 - 08:42
 0
भद्रपुर नगरपालिका : कृषिमा प्रविधिसँगै उत्पादनमा प्रोत्साहन गर्दै

सन्तोष शर्मा
भद्रपुर, २९ जेठ ।
झापाको भद्रपुर नगरपालिकाले कृषिमा प्रविधि भित्र्याउनुका साथै उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

नगरपालिकाले लागत साझेदारीमा विविध कृषि औजार प्रदान गर्नुका साथै धान, मकै, फापर, कोदो, तोरी, तरकारी लगायतका कृषिउपज उत्पादनका आधारमा अनुदान दिएर प्रोत्साहित गरिरहेको हो ।

कृषिमा यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तरगत नगरपालिकाले दुई वटा धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर मेसिन) खरीद गरेको छ । रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरीद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।

एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको रहेको छ ।

“यो मेसिनले एक घण्टामा ७ देखि ८ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उहाँले भन्नुभयो, “यसले धान उत्पादनमा लागत घटेर कृषक लाभान्वित हुने विश्वास छ ।” नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिऊ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।

कृषकलाई उत्पादन प्रोत्साहन रकम
तेलहन बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरी खेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक÷संस्थालाई प्रतिकठ्ठा रू पाँच सयका दरले २० लाख उपलब्ध गराइएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।

त्यस्तै, आलु खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ वटा कृषक÷संस्थालाई रू १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कठ्ठामा आलु खेती गरेबापत प्रतिकठ्ठा रू दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

यस्तै, रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक÷संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको रू सात सयका दर र ५९ वटा कृषक÷संस्थालाई चार सय ८८ कठ्ठामा फापर खेती गरेबापत प्रतिकठ्ठाको रू पाँच सयको दरले गरी रू पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

यस्तै, नगर प्रमुख तरकारी खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना कृषकलाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक रू १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषि प्रसार अधिकृत पन्तले बताउनुभयो ।

बगर खेती कार्यक्रम उहाँका १२ वटा कृषकलाई रू पाँच लाख उपलब्ध गराइएको छ । जसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई कृषकले आय आर्जन गर्न सफल भएका छन् ।

The post भद्रपुर नगरपालिका : कृषिमा प्रविधिसँगै उत्पादनमा प्रोत्साहन गर्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register