एयर इन्डिया विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं ।  एयर इन्डियाको अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर AI171 बिहिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ। बोइङ ७८७-८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको […]

Jun 13, 2025 - 02:04
 0
एयर इन्डिया विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं ।  एयर इन्डियाको अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर AI171 बिहिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ।

बोइङ ७८७-८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो। उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो।

विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ। एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मृत्यु हुने यात्रुहरूमा १ सय ६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ ।

एयर इन्डियाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कम्पनीले हाल प्रभावित परिवार तथा आफन्तहरूको सहयोगमा सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ।

थप सहयोगका लागि एयर इन्डियाको एक टोली अहमदाबाद पुगिसकेको छ। एयर इन्डियाले यस घटनाको छानबिन गरिरहेका अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको पनि बताएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register