कांग्रेस पूर्व सांसद अफताव आलमलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोपी कांग्रेस नेता मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् । व्यक्ति हत्यामा दोषी ठहर गर्ने रौतहट जिल्ला अदालतको आदेश बुधबार उच्च अदालत जनकपुर वीरगञ्ज अस्थायी इजलासले उल्ट्याएको छ । उच्च अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले उनलाई दोषमुक्त गर्ने फैसला गरेको हो […]

May 28, 2025 - 13:23
 0
कांग्रेस पूर्व सांसद अफताव आलमलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोपी कांग्रेस नेता मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् ।

व्यक्ति हत्यामा दोषी ठहर गर्ने रौतहट जिल्ला अदालतको आदेश बुधबार उच्च अदालत जनकपुर वीरगञ्ज अस्थायी इजलासले उल्ट्याएको छ । उच्च अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले उनलाई दोषमुक्त गर्ने फैसला गरेको हो ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । २०६४ को संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो । तर, आलमले यो अपराध अस्वीकार गरिरहेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register