इजरायलले इरानको आणविक कार्यक्रमको मुटुमै हमला गरेको नेतन्याहुको दाबी

काठमाडौं ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले इरानको आणविक संवर्धन कार्यक्रमको मुटुमाथि हमला गरेको घोषणा गरेका छन्। प्रधानमन्त्री  नेतन्याहुले  इरानको राजधानी तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नातान्जस्थित मुख्य संवर्धन केन्द्रलाई निशाना बनाइएको बताएका छन्। नेतन्याहुले हमला इरानी वैज्ञानिकहरूलाई लक्षित गरी गरिएको र ती वैज्ञानिकहरू “इरानी बम” मा काम गरिरहेको आरोप लगाए। उनले आक्रमण आवश्यक […]

Jun 13, 2025 - 04:58
 0
इजरायलले इरानको आणविक कार्यक्रमको मुटुमै हमला गरेको नेतन्याहुको दाबी

काठमाडौं ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले इरानको आणविक संवर्धन कार्यक्रमको मुटुमाथि हमला गरेको घोषणा गरेका छन्।

प्रधानमन्त्री  नेतन्याहुले  इरानको राजधानी तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नातान्जस्थित मुख्य संवर्धन केन्द्रलाई निशाना बनाइएको बताएका छन्।

नेतन्याहुले हमला इरानी वैज्ञानिकहरूलाई लक्षित गरी गरिएको र ती वैज्ञानिकहरू “इरानी बम” मा काम गरिरहेको आरोप लगाए। उनले आक्रमण आवश्यक परेका दिनसम्म  जारी रहने बताएका छन्।

यता, इरानी सरकारी सञ्चारमाध्यमले इजरायलले तेहरानका आवासीय क्षेत्र र अन्य शहरहरूमा हमला गरेको खबर दिएका छन्। रोयटर्सले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बालबालिका पनि मारिएको जनाएको छ। एक इजरायली सुरक्षा स्रोतले यस रातको हमलामा वरिष्ठ इरानी आणविक वैज्ञानिक र सैन्य अधिकारीहरू मारिएको सम्भावना बढ्दै गएको बताएको छ।

यस घटनाक्रमबारे टिप्पणी गर्दै काउन्टरटेररिज्मका पूर्व वरिष्ठ निर्देशक जावेद अलीले आफू अचम्मित नभएको बताएको बीबीसीले खबर लेखेको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register