आईपीएल २०२५ : कोलकातामाथि हैदराबादको फराकिलो जित

काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ११० रनको फराकिलो जित हासिल गरेको छ। यो जितसँगै हैदराबादले आफ्नो सिजन सुखद अन्त्य गरेको छ। हैदराबादले प्रस्तुत गरेको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि मनीष पाण्डेले सर्वाधिक […]

May 26, 2025 - 02:15
 0
आईपीएल २०२५ : कोलकातामाथि हैदराबादको फराकिलो जित

काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ११० रनको फराकिलो जित हासिल गरेको छ। यो जितसँगै हैदराबादले आफ्नो सिजन सुखद अन्त्य गरेको छ।

हैदराबादले प्रस्तुत गरेको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि मनीष पाण्डेले सर्वाधिक ३७ रन बनाए भने हर्षित रानाले ३४ र सुनिल नारिनले ३१ रनको योगदान दिए।

हैदराबादको बलिङतर्फ जयदेव उनादकटले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। हर्ष दुबेले पनि ४ ओभरमा ३४ रन दिएर ३ विकेट हात पारे। यसैगरी, इशान मलिंगाले पनि ३ विकेट लिएर कोलकाताको ब्याटिङ क्रम ध्वस्त पारे।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७८ रनको विशाल योगफल तयार पारेको थियो। हैदराबादका लागि हेनरिक क्लासेनले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा अविजित १०५ रनको शतकीय पारी खेले। उनको पारीमा ७ चौका र ९ छक्का समावेश थियो।

यस्तै, ट्राभिस हेडले ७६ रनको महत्वपूर्ण योगदान दिए भने अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए। कोलकाताका बलरमध्ये सुनिल नारिनले २ विकेट लिए भने वैभव अरोराको भागमा १ विकेट रह्यो।

यस जितसँगै सनराइजर्स हैदराबादले १४ खेलबाट १३ अंक जोड्दै आफ्नो आईपीएल २०२५ को यात्रा समाप्त गरेको छ। पराजित कोलकाता नाइट राइडर्सले भने १४ खेलबाट १२ अंकमा सीमित रह्यो।

अब आईपीएल लिग चरणका दुई खेल मात्र बाँकी रहेका छन्। सोमबार पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ भने मंगलबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register