काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द, यात्रुहरु अलपत्र !

काठमाडौँ । शुक्रबार काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द भएका छन् । मौसमको खराबीका कारण उडानहरु रद्द भएका हुन् । मौसमको खराबीका कारण भिजिबिलिटी कम भएपछि बिहानैदेखि उडानहरु ‘होल्ड’ गरिएका थिए । उडान ‘होल्ड’ हुँदा यात्रुहरु घण्टौँसम्म विमानस्थलमै पर्खनुपरेको थियो । तर, मौसम सुध्रिने छाँटकाँट नदेखिएपछि उडान नै रद्द गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीले बताएका […]

Jun 13, 2025 - 07:28
 0
काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द, यात्रुहरु अलपत्र !

काठमाडौँ । शुक्रबार काठमाडौँबाट पोखरा उड्ने अधिकांश उडान रद्द भएका छन् । मौसमको खराबीका कारण उडानहरु रद्द भएका हुन् ।

मौसमको खराबीका कारण भिजिबिलिटी कम भएपछि बिहानैदेखि उडानहरु ‘होल्ड’ गरिएका थिए । उडान ‘होल्ड’ हुँदा यात्रुहरु घण्टौँसम्म विमानस्थलमै पर्खनुपरेको थियो ।

तर, मौसम सुध्रिने छाँटकाँट नदेखिएपछि उडान नै रद्द गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीले बताएका छन् । बिहान ७ बजेदेखि विमानस्थलमा रोकिएका यात्रुहरु उडान नै रद्द भएपछि अलपत्र परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register