संसद् खुल्ने गगन थापाको दाबी, भिजिट भिसा प्रकरणमा सहमति भएको हो ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज शुक्रबार खुल्नेगरी छलफल भइरहेको बताएका छन् । सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताएका हुन् । ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने […]

Jun 13, 2025 - 08:10
 0
संसद् खुल्ने गगन थापाको दाबी, भिजिट भिसा प्रकरणमा सहमति भएको हो ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज शुक्रबार खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।
सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताएका हुन् । ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने ।
 उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् ।
त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक संकेत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register