रास्वपाका सांसदबारे गृहमन्त्री लेखक – ‘म मन्त्री हुँदा साथीहरू स्कुल जाँदै हुनुहुन्थ्यो होला’

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गृहमन्त्री रमेश लेखकले आक्रोश पोखेका छन् । संसद्को बैठकमा रास्वपाका सांसदहरूले सरकारलाई प्रश्नको घेरामा पारेपछि गृहमन्त्री लेखक अत्यन्त आक्रोशित बनेका हुन् । सांसद झाले उर्दू शेर ‘तू इधर उधर की न बात कर, ये बता कि काफिले क्यूँ लुटे’ भन्दै […]

Jun 13, 2025 - 13:22
 0
रास्वपाका सांसदबारे गृहमन्त्री लेखक – ‘म मन्त्री हुँदा साथीहरू स्कुल जाँदै हुनुहुन्थ्यो होला’

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गृहमन्त्री रमेश लेखकले आक्रोश पोखेका छन् । संसद्को बैठकमा रास्वपाका सांसदहरूले सरकारलाई प्रश्नको घेरामा पारेपछि गृहमन्त्री लेखक अत्यन्त आक्रोशित बनेका हुन् ।

सांसद झाले उर्दू शेर ‘तू इधर उधर की न बात कर, ये बता कि काफिले क्यूँ लुटे’ भन्दै सरकारलाई प्रश्न गरेपछि सभामुखले गृहमन्त्री लेखकलाई बोल्न समय दिएका थिए। तर गृहमन्त्री बोलिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।

आफूले श्रममन्त्री हुँदा चार वटा देशसँग श्रम सम्झौता गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले रास्वपाबाट श्रममन्त्री बनेका डिपी अर्याललाई ‘तपाईंले कतिवटा देशसँग श्रम सम्झौता गर्नु भयो?,’ भनेर प्रश्न गरेका थिए ।

उनले वैदेशिक रोजगारको क्षेत्रमा आफूले गरेका कामहरूको जिकिर गर्दै दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार र बहराइन सरकारसँग आफ्नै हातले सम्झौता गरेको दाबी गरेका छन् ।

गृहमन्त्री लेखकले रास्वपाका सांसदहरूको अनुभवमाथि समेत व्यङ्ग्य गरेका थिए । ‘केही मैले देखेका साथीहरू सानो सानो बस्ता काँधमा बोकेर कुनै स्कुलमा पढिरहनु भएको थियो होला’ लेखकले टिप्पणी गरे ।

उनले २०६४ सालको वैदेशिक रोजगार ऐन पहिलो पटक आफ्नै हातले ड्राफ्ट गरेको र सो ऐनले १८ वर्षसम्म काम गरिरहेको बताएका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै रास्वपाले आफ्नो आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register