रक्सीका बोतल चोरेर भाग्नेहरू राजा फर्काउन हिँडेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजा फर्काउन भन्दै हिँडेकाहरूले देश बनाउन नसक्ने बताएका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले चैत १५ गते काठमाडौंको तीनकुनेमा तोडफोड र आगजनी गर्नेहरू राजा फर्काउने अभियानमा रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को […]

Apr 12, 2025 - 10:53
 0
रक्सीका बोतल चोरेर भाग्नेहरू राजा फर्काउन हिँडेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजा फर्काउन भन्दै हिँडेकाहरूले देश बनाउन नसक्ने बताएका छन् ।

शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले चैत १५ गते काठमाडौंको तीनकुनेमा तोडफोड र आगजनी गर्नेहरू राजा फर्काउने अभियानमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे । आगजनी गर्दै, अरुका पसल लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?’

उनले ‘राजा फर्काउने र राजा फर्काएपछि प्रधानमन्त्री, मन्त्री बन्ने’ अभियानमा लागेको भन्दै उनीहरूभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनायो भने राम्रो हुने बताए ।

जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौँ भनेर लागेको टिप्पणी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register