कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार (आज) दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आङ्शिक बदली रहने तथा बाँकी […]

Apr 1, 2025 - 03:19
 0
कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार (आज) दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आङ्शिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आङ्शिक बदली रही बाँकी भू–भागमा आङ्शिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register