फिफा क्लब विश्वकप : रिभर प्लेट विजयी हुँदा डर्टमुन्ड बराबरीमा

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले विजयी सुरुवात गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्डले बराबरीमा चित्त बुझाएको छ। मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा रिभर प्लेटले जापानी क्लब उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्‍यो। यसैगरी, समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र […]

Jun 18, 2025 - 04:08
 0
फिफा क्लब विश्वकप : रिभर प्लेट विजयी हुँदा डर्टमुन्ड बराबरीमा

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले विजयी सुरुवात गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्डले बराबरीमा चित्त बुझाएको छ।

मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा रिभर प्लेटले जापानी क्लब उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्‍यो। यसैगरी, समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

रिभर प्लेटका लागि फाकुन्डो कोलिडियोले १२औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको ४८औं मिनेटमा सेबास्टियन ड्रइसीले अग्रता दोब्बर पारे। उरावाका लागि ५८औं मिनेटमा युसुके मात्सुओले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ७३औं मिनेटमा रिभर प्लेटका म्याक्सिमिलानो मेजाले गोल गर्दै आफ्नो टोलीलाई ३-१ को जित दिलाए।

यसैगरी बुधबार बिहान भएको अर्को खेलमा दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्स एफसीले दक्षिण कोरियाली क्लब उल्सन एचडीलाई १-० ले पराजित गर्‍यो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register