काठमाडौंमा बिहानैदेखि होलीको रौनक, चेकजाँचमा कडाइ (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु (होली) पर्वको रौनक छ । वसन्तपुरलगायत ठाउँमा विशेषगरी युवायुवती र बालबालिका बिहानैदखि एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् । होलीलाई मर्यादित बनाउन सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरिरहेका छन् । रङहरूको पर्वका रुपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै […]

Mar 13, 2025 - 03:08
 0
काठमाडौंमा बिहानैदेखि होलीको रौनक, चेकजाँचमा कडाइ (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु (होली) पर्वको रौनक छ ।

वसन्तपुरलगायत ठाउँमा विशेषगरी युवायुवती र बालबालिका बिहानैदखि एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।
होलीलाई मर्यादित बनाउन सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरिरहेका छन् ।

रङहरूको पर्वका रुपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा यही फागुन २३ गते तीनखण्डे चीर ठड्याएसँगै यस वर्षको होली विधिवत सुरु भएको थियो ।

हिन्दू धार्मिक मान्यताअनुसार द्धापर युगमा भगवान् श्रीकृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहँदै आएको छ ।

प्रत्येक वर्षको फागुन शुक्ल अष्टमीको दिन चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व आरम्भ हुने गरेको छ ।

काठमाडौं उपत्यकासँगै पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै छ ।

तराई-मधेसका जिल्लामा भने शुक्रबार होली मनाइँदै छ ।

हेरौँ तस्वीरहरू :

सम्बन्धित समाचार :

उपत्यका र पहाडी क्षेत्रमा रङहरूको पर्व होली मनाइँदै

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register