छोराको बिहे स्थगित हुनुलाई ‘युद्धको मूल्य’ भनेपछि नेतन्याहुको चर्को आलोचना

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो छोराको विवाह पुनः स्थगित हुनुलाई इरानसँगको युद्धको ‘व्यक्तिगत मूल्य’ भनेपछि तीव्र आलोचना खेपिरहेका छन् । बेर्सेवा शहरको सोरोका अस्पताल अगाडि, जहाँ बिहीबार बिहान इरानी क्षेप्यास्त्र प्रहार भएको थियो । उक्त स्थान अवलोकन गरेपछि नेतन्याहुले भनेका थिए, “यो मलाई दोस्रो विश्वयुद्धमा बेलायती जनताले भोगेको ब्लिट्ज (नाजी आक्रमण)को सम्झना गराउँछ । […]

Jun 20, 2025 - 07:17
 0
छोराको बिहे स्थगित हुनुलाई ‘युद्धको मूल्य’ भनेपछि नेतन्याहुको चर्को आलोचना

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो छोराको विवाह पुनः स्थगित हुनुलाई इरानसँगको युद्धको ‘व्यक्तिगत मूल्य’ भनेपछि तीव्र आलोचना खेपिरहेका छन् ।

बेर्सेवा शहरको सोरोका अस्पताल अगाडि, जहाँ बिहीबार बिहान इरानी क्षेप्यास्त्र प्रहार भएको थियो । उक्त स्थान अवलोकन गरेपछि नेतन्याहुले भनेका थिए, “यो मलाई दोस्रो विश्वयुद्धमा बेलायती जनताले भोगेको ब्लिट्ज (नाजी आक्रमण)को सम्झना गराउँछ । हामी पनि त्यही परिस्थितिबाट गुज्रिरहेका छौँ ।”

नेतन्याहुले आफ्नो परिवारले पनि युद्धको मूल्य चुकाइरहेको भन्दै छोराको विवाह दोस्रो पटक स्थगित हुनुले आफूहरूलाई परेको व्यक्तिगत पीडाको उल्लेख गरे । “छोरा अव्नरको विवाह स्थगित भएको दोस्रो पटक हो । मेरो पत्नी सारा पनि यो पीडाबाट गुज्रिरहेकी छिन्,” उनले भने । नेतन्याहुले आफ्नी पत्नीलाई नायिका भन्दै प्रशंसासमेत गरे ।

तर, प्रधानमन्त्रीको यो भनाइप्रति इजरायली जनताले चर्को आलोचना आएको छ ।

सामाजिक सञ्जालदेखि मुख्यधारा सञ्चारमाध्यमसम्म नेतन्याहुलाई ‘स्वार्थी’ र ‘वास्तविकता बुझ्न नसक्ने’ नेताको रूपमा चित्रण गरिएको छ ।

गाजामा अपहरणमा परेका इजरायली युवा मातनको आमा अनात अङ्ग्रेस्टले भनिन्, “मेरो परिवारको पीडा पनि कम छैन । म गाजाका नर्कजस्तै कारागारमा ६२२ दिन बिताइसकेको छु ।”

इजरायलका डेमोक्रेट पार्टीका सांसद गिलाद करिभले नेतन्याहुलाई ‘नैतिक सीमाविहीन व्यक्तित्व’ भन्दै आरोप लगाए । “कसैले विवाह स्थगित गरेका होलान्, तर धेरै परिवारका लागि अब कहिल्यै विवाह नहुने भएको छ,” उनले भने ।

पत्रकार अमिर तिबोनले लेखे, “जसका छोराछोरी युद्धमा मारिएका छन्, उनीहरू यस्तो कुरा कहिल्यै गर्लान् भन्ने अपेक्षा गरिँदैन । तर, नेतन्याहु सधैँ आफूलाई अगाडि राख्छन् ।”

यसअघि अव्नर नेतन्याहुको विवाह नोभेम्बरमा तय गरिएको थियो, जुन सुरक्षा कारणले स्थगित गरिएको थियो । पछिल्लो पटक गत सोमबारका लागि तय भएको विवाह पनि सुरक्षा कारणले रोकिएको हो । यस घटनाले युद्धको बीचमा नेतन्याहुको नेतृत्व शैली र प्राथमिकताप्रतिको आलोचना पुनः चर्किएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register