पुलको फलाम चोर्ने एउटा वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान, अर्का अध्यक्ष फरार ! 

काठमाडौँ । फलामे पुलको पाटपुर्जा चोरेर बेच्न लागेको आरोप लागेका वडाअध्यक्ष कारागार चलान भएका छन् । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले बगाएको फलामे पुलको पाटपुर्जा बेचेको आरोप लागेका रोशी गाउँपालिका- ७ का अध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने […]

Jun 20, 2025 - 08:31
 0
पुलको फलाम चोर्ने एउटा वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान, अर्का अध्यक्ष फरार ! 

काठमाडौँ । फलामे पुलको पाटपुर्जा चोरेर बेच्न लागेको आरोप लागेका वडाअध्यक्ष कारागार चलान भएका छन् । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले बगाएको फलामे पुलको पाटपुर्जा बेचेको आरोप लागेका रोशी गाउँपालिका- ७ का अध्यक्ष अशोककुमार गौतम पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । 

वडाध्यक्ष गौतमसँगै पक्राउ परेका कवाडी व्यवसायी मन्टुकुमारलाई पनि कारागार चलान गरिएको छ भने चालकहरुलाई भने तारेखमा रिहा गरिएको छ । त्यस्तै, पक्राउ परेका कवाडी कर्मचारी जितेन्द्र पासवाल भने धरौटीमा छुटेका छन् । 

फलामे पुलको पाटपुर्जा बिक्री गर्ने कार्यमा संलग्न नमोबुद्ध नगरापालिका- ६ का अध्यक्ष टिकाबहादुर केसी भने फरार छन् । उनीहरुविरुद्ध फलामे पुलको पाटपुर्जा बिना निर्णय बेच्न लागेको भन्दै स्थानीयले उजुरी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register