नागार्जुनका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको फैसलाले उनलाई दोषी ठहर गरेको हो । न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेपछि अब उनलाई सजाय तोक्ने प्रक्रिया सुरु हुने भएको छ । अदालतले सजाय निर्धारणका लागि आगामी असार १६ गते […]

Jun 20, 2025 - 13:23
 0
नागार्जुनका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको फैसलाले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेपछि अब उनलाई सजाय तोक्ने प्रक्रिया सुरु हुने भएको छ । अदालतले सजाय निर्धारणका लागि आगामी असार १६ गते सुनुवाइको मिति तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए ।

बस्नेतमाथि घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलबाट घुसबापत रकम लिई त्यसलाई शुद्धीकरण गरेको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यद्यपि, अख्तियारले दायर गरेको अर्को भ्रष्टाचारसम्बन्धी मुद्दामा भने बस्नेतले सफाइ पाएका छन् । अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको मामिलामा मात्र दोषी ठहर गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register