विश्वका सबै क्षेत्रमा लोकतन्त्रले चुनौतीहरू भोगिरहेको छ-  उपसभामुख राना 

प्रिटोरिया, दक्षिण अफ्रिका।  उपसभामुख इन्दिरा रानाले विश्वका सबै क्षेत्रमा त्यहाँको भूगोल र स्तर अनुसार लोकतन्त्रले चुनौतीहरु भोगिरहेको धारणा राखेकी छन् ।  दक्षिण अफ्रिकाको प्रिटोरियामा आयोजित “अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पनास् विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू” बिषयक उच्चस्तरीय संवाद कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै सबै क्षेत्रमा लोकतन्त्रले चुनौती भोगिरहेको धारणा राखेकी हुन् ।  ‘आज लोकतन्त्रले विश्वका सबै क्षेत्र र स्तरमा […]

Jun 20, 2025 - 13:37
 0
विश्वका सबै क्षेत्रमा लोकतन्त्रले चुनौतीहरू भोगिरहेको छ-  उपसभामुख राना 

प्रिटोरिया, दक्षिण अफ्रिका। 

उपसभामुख इन्दिरा रानाले विश्वका सबै क्षेत्रमा त्यहाँको भूगोल र स्तर अनुसार लोकतन्त्रले चुनौतीहरु भोगिरहेको धारणा राखेकी छन् । 

दक्षिण अफ्रिकाको प्रिटोरियामा आयोजित “अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पनास् विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू” बिषयक उच्चस्तरीय संवाद कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै सबै क्षेत्रमा लोकतन्त्रले चुनौती भोगिरहेको धारणा राखेकी हुन् । 

‘आज लोकतन्त्रले विश्वका सबै क्षेत्र र स्तरमा चुनौतीहरू भोगिरहेको छ।’ उनले भनिन् ‘कमजोर सामाजिक सुरक्षा प्रणाली, वातावरणीय विनाश, भ्रष्टाचार र महामारीजस्ता विश्वव्यापी संकटहरूले स्थापित लोकतन्त्रहरूलाई समेत कमजोर बनाएको छ।’

गरिबी, असमानता, संस्थागत कमजोरी, बाह्य हस्तक्षेप र जलवायु परिवर्तन जस्ता बहुआयामिक संकटहरू ग्लोबल साउथका मुलुकले साझा रूपमा सामना गरिरहेका प्रमुख चुनौतीहरू भएको चर्चा गर्दै उपसभामुख रानाले यस्ता चुनौतिहरुले राष्ट्रिय प्राथमिकता बिथोल्ने, लोकतान्त्रिक सहभागिता कमजोर पार्ने र  कमजोर वर्गलाई असर गरेको तर्फ ध्यानाकर्षण गराइन्। ‘लोकतन्त्र जब स्थानीय संस्कार, परम्परा र जनआकांक्षासँग मेल खाएपछि मात्रै त्यो स्वतन्त्रता मात्र होइन, सम्मान, समानता, शान्ति र न्यायको वाहक बन्न सक्छ।’ उनले भनिन् ‘लोकतान्त्रिक प्रणालीले सामाजिक, आर्थिक असमानता सम्बोधन गर्दै दीर्घकालीन विकासको मार्गदर्शन गर्न सक्षम हुनुपर्छ।’

 नेपालको लोकतान्त्रिक यात्राले सिकाएका पाठहरू विश्वभर शान्ति, समानता र न्याय स्थापनाका लागि सान्दर्भिक भएको बताउँदै उपसभामुख रानाले संघीय लोकतन्त्रको बाटोतर्फ सफलतापूर्वक अपनाएको विधि ग्लोबल साउथका अन्य देशका लागि समेत उदाहरणीय हुन सक्छ भनिन् । नेपालले नागरिक, राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरू संरक्षण गर्न संयुक्त राष्ट्र संघको मानव अधिकारको विश्वव्यापी घोषणापत्रसहितका अन्य थुप्रै अन्तर्राष्ट्रिय सन्धिहरूलाई मान्यता दिएको चर्चा गर्दै उपसभामुख रानाले  “सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था र सहकारी क्षेत्र” हाम्रा आर्थिक विकासका मूल आधार बनाएको छ भनिन् । 

‘हामीले समावेशी र दिगो विश्व आर्थिक विकासलाई प्रवर्द्धन गर्नुपर्दछ, जसमा ग्लोबल साउथका देशहरूले गरिबी निवारण र नागरिकको गरिमामय जीवन सुनिश्चित गर्ने अवसर पाउनेछन् ’ उनको भनाई थियो ।

विश्वका लोकतान्त्रिक संस्था, विशेष गरी संयुक्त राष्ट्र संघले न्याय, समावेशिता, सहभागिता र समानताका मूल्यहरूलाई प्रत्येक व्यक्तिले आफ्नो क्षमताको पूर्ण रुपमा उपयोग पाउने गरी व्यवहारमा उतार्न जरुरी भएको उनको धारणा थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register