कालीगण्डकी करिडोर सडक : अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा, सडक अझै खुल्न सकेन

काठमाडौं । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुल्न सकेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक अन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिरोले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट […]

Jun 22, 2025 - 06:41
 0
कालीगण्डकी करिडोर सडक : अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा, सडक अझै खुल्न सकेन

काठमाडौं ।

गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुल्न सकेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।

कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक अन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिरोले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका थिए ।

सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीन वटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या भइरहेको बताइरहेको छ ।

लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकहरुलाई समस्या परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register