ज्योति बिकास बैंकका सीइओ र डेपुटी सिइओलाई हटाउनेबारे छलफल सुरु, पर्फर्मेन्स निकै कमजोर भएको निष्कर्ष !

काठमाडौँ । ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र डेपुटी सीइओ प्रकाश बरालको पर्फर्मेन्स निकै कमजोर भएको भन्दै बैंकले दुई जनालाई नै हटाउने गरी तयारी थालेको छ । बैंकको सञ्चालक समितिका सदस्यहरुले हाल अनौपचारिक रुपमा दुई जनालाई नै हटाउनेबारे छलफल सुरु गरेका हुन् । सो छलफलको निष्कर्ष बोर्डमा लगिने बताइएको छ । बैंकको […]

Jun 22, 2025 - 06:46
 0
ज्योति बिकास बैंकका सीइओ र डेपुटी सिइओलाई हटाउनेबारे छलफल सुरु, पर्फर्मेन्स निकै कमजोर भएको निष्कर्ष !
काठमाडौँ । ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र डेपुटी सीइओ प्रकाश बरालको पर्फर्मेन्स निकै कमजोर भएको भन्दै बैंकले दुई जनालाई नै हटाउने गरी तयारी थालेको छ । बैंकको सञ्चालक समितिका सदस्यहरुले हाल अनौपचारिक रुपमा दुई जनालाई नै हटाउनेबारे छलफल सुरु गरेका हुन् । सो छलफलको निष्कर्ष बोर्डमा लगिने बताइएको छ ।
बैंकको संचालक समितिका एक सदस्यले सीइओसहित दुवै जनालाई बैंकले हटाउने विषयमा छलफल सुरु भएको पुष्टी गरे । ‘कपिल ढकाल र प्रकाश बरालले ज्योति बिकास बैंकमा दिएको पर्फर्मेन्स हामीलाई चित्त बुझेको छैन । तर अहिले नै दुवै जनालाई हटाएर बलदेव थापाले बैंक चलाउन सक्लान् कि नसक्लान् भन्ने कुरा चलिरहेको छ ।’ ती संचालकले अर्थ सरोकारसँग भने, ‘हामीले ढकाल र बराललाई हटाएर थापाजीलाई नै सीइओ बनाउने गरी थापाजीलाई बैंकमा ल्याएका हौँ । सम्भवत: डेपुटी सीइओ हुँदै सीइओ हुने थापाजी नै हुनुहुनेछ ।’
ती संचालकका अनुसार बैंकमा रिकभरीमा राम्रो काम नगरेको, ढकालले बरालबाहेक अरु कर्मचारीबारे नसोचेको, ढकाल आफैं विभिन्न बैंकमा जागिरको कुरा गर्न गएको लगायतका कुरा पछि दुवै जनालाई हटाउने तयारी सुरु भएको हो । ‘यसअघि पनि ढकालजीले अर्को बैंकको अफर लेटर देखाएर सीइओ पदका लागि बार्गेनिङ्ग गर्नुभएको थियो, यसपटक पनि अन्य ठाउँमा समेत जागिर खानका लागि पहल गरिरहनुभएको सूचना आएको छ । अव मन नै ज्योतिमा नरहेपछि ज्योतिमा उहाँहरुलाई राखेर पनि के गर्ने ?’
यता बैंकका डेपुटी सीइओ प्रकाश बरालले भने बैंकमा नयाँ सीइओ ल्याउन लागेको वा आफुसहित ढकाललाई हटाउन लागेको विषयमा आफुलाई कुनै पनि जानकारी नभएको दाबी गरे । यद्यपी उनले प्राइम कमर्सियल बैंकबाट बलदेव थापालाई थर्ड म्यानका रुपमा बैंकमा ल्याइएको स्वीकारे ।
बैंकका सीइओ कपिल ढकालले भने यस विषयमा प्रतिक्रिया लिन खोज्दा जवाफ नै दिएनन् । ढकाल बैंकमा यतिसम्म अस्तव्यस्त बनेका छन् कि उनले आजकल भेटघाटका लागि कसैले समय माग्दा पनि सकेसम्म समय नदिने, दिए पनि १ हप्ता पछिको दिने गरेका छन् । यतिसम्म त ठिकै होला, उनले नै ११ बजे बोलाएको व्यक्ति उनलाई भेट्न पुग्दा उनी दिउँसो १ बजेसम्म न सो व्यक्तिलाई भेट्ने, न फोन उठाउने, न कार्यालय कोठाबाट बाहिर निस्किने गरिरहेका छन् । उनको यहि व्यवहारका कारण पनि उनीसँग धेरैले रुष्ट बनिरहेका छन् भने उनको यस्तै व्यवहारका कारण रिकभरीमा पनि समस्या देखिएको बैंकका सिनियर कर्मचारीहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register