इरान–इजरायल युद्धविराम भए पनि तनाव यथावत्

काठमाडौं । झन्डै दुई हप्ता लामो भीषण युद्धपछि इरान र इजरायलबीच अन्ततः युद्धविराम भएको छ । युद्धका क्रममा दर्जनौं सैनिक र नागरिकको ज्यान गएको छ भने पूर्वाधारमा व्यापक क्षति पुगेकोे छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चासो र दबाबका बीच अमेरिकी मध्यस्थतामा यो युद्ध रोकिएको हो । युद्धको शुरू इजरायलले इरानमाथि अमेरिकाको निर्देशनमा शुरू भएको […]

Jun 25, 2025 - 02:32
 0
इरान–इजरायल युद्धविराम भए पनि तनाव यथावत्

काठमाडौं ।

झन्डै दुई हप्ता लामो भीषण युद्धपछि इरान र इजरायलबीच अन्ततः युद्धविराम भएको छ । युद्धका क्रममा दर्जनौं सैनिक र नागरिकको ज्यान गएको छ भने पूर्वाधारमा व्यापक क्षति पुगेकोे छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चासो र दबाबका बीच अमेरिकी मध्यस्थतामा यो युद्ध रोकिएको हो ।

युद्धको शुरू इजरायलले इरानमाथि अमेरिकाको निर्देशनमा शुरू भएको थियो । इरान इजरायबीच युद्ध भइरहेको बेला अमेरिकाले इरानका तीनवटा आणविक भट्टीहरूमा बम आक्रमण गरेको थियो । वासिङ्टनले ती भट्टीहरू परमाणु हतियार निर्माणमा प्रयोग हुने आशंका रहेको बताएको थियो । अमेरिकी आक्रमणबाट ती भट्टीहरू पूर्णतः ध्वस्त भएको दाबी गरिएको भए पनि इरानले भने आंशिक क्षतिमात्रै भएको जनाएको छ ।

इरानको प्रतिउत्तर झनै उग्र बनेको थियो । इरानी मिसाइलहरूले कतारस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण गरेपछि तनाव अझ चुलिएको थियो । यो आक्रमणलाई अमेरिकाले आफू प्रत्यक्ष युद्धमा तानिएको भन्दै इजरायललाई तत्काल युद्धविराम गर्न निर्देशन दिएको थियो । अमेरिकाको प्रस्तावपछि दुवै देश युद्धविराम गर्न सहमत भएका छन् ।

यो युद्धमा दर्जनौं सैनिक र नागरिकको ज्यान गएको छ । यक्त आक्रमणमा इजरायलमा ७२ जनाको मृत्यु भएको छ, जसमा ४५ जना इजरायली सैनिक, १० जना सर्वसाधारण र बाँकी विदेशी कामदार रहेका छन् । यता, इरानले ९८ जनाको मृत्यु भएको दाबी गरेको छ, जसमध्ये ५८ जना सैनिक र ४० जना सर्वसाधारण रहेका छन् ।

पूर्वाधारतर्फ हेर्दा, इरानका दुई आणविक अनुसन्धान केन्द्र आंशिक रूपमा नष्ट भएका छन् भने एक भट्टी पूर्णरूपमा ध्वस्त भएको छ । इजरायलका तर्फबाट सैन्य डिपो, मिसाइल प्रतिरोध प्रणालीका केन्द्रीय युनिट र चारवटा विमानस्थलमा आक्रमण गरिएको इरानले जनाएको छ ।

त्यस्तै, इजरायली भूमि पनि इरानी क्षेप्यास्त्रबाट अछुतो रहेन । तेलअभिभ नजिकैको एक सैन्य केन्द्र र हाइफा बन्दरगाह क्षेत्र नजिकको इन्धन भण्डारणस्थलमा क्षति पुगेको छ । राजधानी जेरुसेलम पनि केही मिसाइल खसेको पुष्टि गरिएको छ, जसले जनधनको क्षति पुर्‍याएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register