‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ

काठमाडौं । ‘इरानको आणविक कार्यक्रम नष्ट नभएको‘ भन्ने रिपोर्ट आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडि‌ओ सेयर गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लगभग ६० सेकेन्डको भिडिओ सेयर गरेका छन् । यस भिडिओमा बी-२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ । भिडिओमा एउटा गीत बजिरहेको छ, जसमा “बम इरान” […]

Jun 25, 2025 - 06:57
 0
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ

काठमाडौं । ‘इरानको आणविक कार्यक्रम नष्ट नभएको‘ भन्ने रिपोर्ट आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडि‌ओ सेयर गरेका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा लगभग ६० सेकेन्डको भिडिओ सेयर गरेका छन् । यस भिडिओमा बी-२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ ।

भिडिओमा एउटा गीत बजिरहेको छ, जसमा “बम इरान” शब्दहरू बारम्बार दोहोरिन्छ ।

पेन्टागनको चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रमलाई नष्ट नगरेको दाबी गरेको छ, बरु आक्रमणले केही महिना मात्र ढिलाइ गरेको छ ।

ट्रम्पले यो पनि भनेका छन्, “सीएनएन र न्यूयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन् । उनीहरू दुवैले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरू मध्ये एकलाई बदनाम गर्न खोजिरहेका छन् । इरानको आणविक स्थलहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ । जनताले न्यूयोर्क टाइम्स र सीएनएनलाई दोष दिइरहेका छन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register