गोरखामा बालिकामाथि यौन दुरुपयोग आरोपमा शिक्षक पक्राउ

गोरखा । गोरखा जिल्लामा एक बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक विजयकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। बारा जिल्ला स्थायी घर भएका ३४ वर्षीय गिरीले गोरखाको एक विद्यालयमा अध्ययनरत बालिकालाई विभिन्न प्रलोभन देखाई एक वर्षदेखि यौनजन्य क्रियाकलाप गर्दै आएको आरोप लागेको हो। पीडित पक्षको जाहेरीका आधारमा असार ९ गते उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले […]

Jun 25, 2025 - 06:59
 0
गोरखामा बालिकामाथि यौन दुरुपयोग आरोपमा शिक्षक पक्राउ

गोरखा ।

गोरखा जिल्लामा एक बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक विजयकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

बारा जिल्ला स्थायी घर भएका ३४ वर्षीय गिरीले गोरखाको एक विद्यालयमा अध्ययनरत बालिकालाई विभिन्न प्रलोभन देखाई एक वर्षदेखि यौनजन्य क्रियाकलाप गर्दै आएको आरोप लागेको हो।

पीडित पक्षको जाहेरीका आधारमा असार ९ गते उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत गोरखाबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register