भारतका शुभांशु शुक्लासहित चारजना यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनतर्फ

काठमाडौं । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ लागेका छन् । उनीलाई बोकेको एक्सियम–४ मिसन नामक बुधबार भारतीय समयअनुसार दिउँसो १२ बजे आईएसएसतर्फ प्रक्षेपण गरिएको थियो । जसमा शुक्लासँगै आईएसएस जानेहरूमा पोल्यान्डका स्लाभोज अजनान्स्की विस्निव्स्की, हंगेरीका टिबोर क्यापु र अमेरिकाकी पेगी ह्विटसन रहेको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ […]

Jun 25, 2025 - 12:22
 0
भारतका शुभांशु शुक्लासहित चारजना यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनतर्फ

काठमाडौं । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ लागेका छन् । उनीलाई बोकेको एक्सियम–४ मिसन नामक बुधबार भारतीय समयअनुसार दिउँसो १२ बजे आईएसएसतर्फ प्रक्षेपण गरिएको थियो ।

जसमा शुक्लासँगै आईएसएस जानेहरूमा पोल्यान्डका स्लाभोज अजनान्स्की विस्निव्स्की, हंगेरीका टिबोर क्यापु र अमेरिकाकी पेगी ह्विटसन रहेको बीबीसी हिन्दीको समाचारमा जनाइएको छ ।

प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन पहिले पनि धेरै पटक स्थगित गरिएको थियो ।

एक्सियम–४ मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो । ह्युस्टनमा आधारित कम्पनी एक्सियम स्पेसले यो मिसन सञ्चालन गरिरहेको छ ।

अन्तरिक्ष यात्रीहरू त्यहाँ दुई हप्ता बस्ने नासाले जनाएको छ ।

यसअघि सन् १९८४ मा रुसी मिसनअन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय राकेश शर्मा थिए ।

आईएसएसमा उडान भरेपछि शुक्लाले ४० वर्षपछि भारतीय फेरि अन्तरिक्षमा पुगेको र यो एउटा अद्भुत यात्रा भएको बताएका छन् ।

भारतीय जनतालाई उनले भनेका छन्, ‘म चाहन्छु कि तपाईंहरू सबै मेरो यात्राको हिस्सा बन्नुहोस् । आउनुहोस्, हामी सबै मिलेर भारतको मानव अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाऔं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register