एनपीएलको हिसाबकिताब बुझाउन क्यानका उपाध्यक्ष र ७ बोर्ड सदस्यको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सात बोर्ड सदस्यले नेपाल प्रिमियर लिग (एनपीएल)को हिसाबकिताब बुझाउन माग गरेका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै उनीहरुले एनपीएलको हिसाब किताव बोर्डले माग्दासमेत पाउन नसकेको र हाससम्म हिसाब बोर्डबाट अनुमोदनसमेत नभएको बताएका छन् । पत्रमा भनिएको छ, “पछिल्लो समय नेपाल प्रिमियर लिग […]

Jun 25, 2025 - 07:48
 0
एनपीएलको हिसाबकिताब बुझाउन क्यानका उपाध्यक्ष र ७ बोर्ड सदस्यको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सात बोर्ड सदस्यले नेपाल प्रिमियर लिग (एनपीएल)को हिसाबकिताब बुझाउन माग गरेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै उनीहरुले एनपीएलको हिसाब किताव बोर्डले माग्दासमेत पाउन नसकेको र हाससम्म हिसाब बोर्डबाट अनुमोदनसमेत नभएको बताएका छन् ।

पत्रमा भनिएको छ, “पछिल्लो समय नेपाल प्रिमियर लिग (NPL) -२ को तयारि भएको देखिएता पनि पहिलो सस्करणकै हिसाब किताव बोर्डले माग्दा समेत पाउन नसकेको र हाससम्म हिसाव बोर्डबाट अनुमोदन समेत नभएको कुरा पुनः अवगत गराउन चाहन्छौं साथै वेस्ट इन्डिज र नेपाल बीच UAE मा खेलिने भनिएको श्रृंखलाको बारेमा समेत बोर्डलाई अनभिज्ञ बनाएर र उक्त जानकारी मिडियाबाट प्राप्त भएको र अन्य महत्वपूर्ण कार्यहरूमा समेत संस्थागत प्रक्रिया पारदर्शिता र सामूहिक निर्णय प्रणालीमा गम्भीर त्रुटि देखिएकोप्रति हामी हाम्रो गम्भीर चिन्ता र असहमति प्रकट गर्न चाहन्छौं ।”

क्रिकेटमा देखिएको गुटबन्दी, अपारदर्शिता र क्षेत्रीय असन्तुलन देखिएको भन्दै उनीहरुले विकास, समावेशिता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नसमेत माग गरेका छन् ।

“नेपाल क्रिकेट संघभित्रको हालको कार्यशैलीले निष्पक्ष, पारदर्शी र समावेशी प्रणालीको सम्मान नगरेको देखिन्छ। यसले नेपाली क्रिकेटको दीर्घकालीन हितमा प्रतिकूल असर पार्न सक्छ,” पत्रमा उल्लेख गरिएको छ।

पत्र बुझाउनेमा सिंहसहित बोर्ड सदस्य माधव कर्माचार्य, प्रदीप माजगैंया, दुर्गा राज पाठक, विक्रम विष्ट, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्ट छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register