ह्वात्तै घट्यो सिमेन्ट र डन्डीको मूल्य, कारण लोडसेडिङ कम हुनु कि ‘अफ सिजन’ ? 

काठमाडौँ । उद्योगीहरुले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटाइएको हो ।  लोडसेडिङका कारण लागत धेरै लाग्ने भन्दै मूल्यवृद्धि गरिए पनि पछिल्लो समय उद्योगमा लोडसेडिङ घटेको र माग पनि घटेका कारण मूल्य घटाइएको […]

Jun 25, 2025 - 12:31
 0
ह्वात्तै घट्यो सिमेन्ट र डन्डीको मूल्य, कारण लोडसेडिङ कम हुनु कि ‘अफ सिजन’ ? 

काठमाडौँ । उद्योगीहरुले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटाइएको हो । 

लोडसेडिङका कारण लागत धेरै लाग्ने भन्दै मूल्यवृद्धि गरिए पनि पछिल्लो समय उद्योगमा लोडसेडिङ घटेको र माग पनि घटेका कारण मूल्य घटाइएको विभागले जनाएको छ । 

यसो त बर्खाको समयमा निर्माण कार्य अन्य समयको तुलनामा कम हुन्छ । निर्माण कार्य कम हुने हुँदा निर्माण कार्यका लागि जरुरी मानिने सिमेन्ट र डन्डीको माग पनि कम हुन्छ । माग कम हुने हुँदै बर्खाको समयमा निर्माण सामाग्रीको मूल्य प्रायः घट्नै नै गर्छ । 

असार, साउनदेखि निर्माण सामाग्रीको माग कम हुँदा मूल्य पनि सस्तो हुने निर्माण व्यवसायीहरुले बताएका छन् । तर, बर्खा सकिएसँगै निर्माण कार्य सुरु हुने हुँदा सो बेला उद्योगीहरुले मूल्य बढाउने गर्छन् । यसबेला उद्योगीहरुले लोडसेडिङ घटेका कारण मूल्य घटेको दाबी गरे पनि यथार्थमा यो समयमा निर्माण सामाग्रीको मूल्य सँधै घट्ने गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । 

यता उद्योगीहरुले भने लोडसेडिङ कम हुँदा उत्पादन लागत पनि कम भएकाले मूल्य घटेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register