महेन्द्रनगरमा डिएपी मल वितरण सुरु, युरिया पर्याप्त, डिएपी अभाव

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहमा रासायनिक मल वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९–९० मेट्रिकटन र गाउँपालिकालाई ५५.९ मेट्रिकटन डिएपी मल वितरण गरिनेछ। कम्पनीलाई भैरहवाबाट ६९८.४ मेट्रिकटन डिएपी प्राप्त हुनेमा हाल २५० मेट्रिकटन प्राप्त भइ वितरण थालिएको छ। हाल कम्पनीसँग १८९.१५ […]

Jun 25, 2025 - 08:05
 0
महेन्द्रनगरमा डिएपी मल वितरण सुरु, युरिया पर्याप्त, डिएपी अभाव

काठमाडौं ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहमा रासायनिक मल वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९–९० मेट्रिकटन र गाउँपालिकालाई ५५.९ मेट्रिकटन डिएपी मल वितरण गरिनेछ।

कम्पनीलाई भैरहवाबाट ६९८.४ मेट्रिकटन डिएपी प्राप्त हुनेमा हाल २५० मेट्रिकटन प्राप्त भइ वितरण थालिएको छ। हाल कम्पनीसँग १८९.१५ मेट्रिकटन डिएपी, ९७४.४५ मेट्रिकटन युरिया र ७६.५ मेट्रिकटन पोटास मौज्दात रहेको छ। चालु आर्थिक वर्षमा ३८८० मेट्रिकटन डिएपी र ५४५३ मेट्रिकटन युरिया बिक्री भइसकेको छ।

युरिया प्रतिवोरा रु ९४०, डिएपी रु २३९४ र पोटास रु १७९४ मा सहकारीमार्फत बिक्री भइरहेको छ। जिल्लामा युरिया पर्याप्त भए पनि डिएपीको अभाव देखिएको कम्पनीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register