खुल्ला सेफ्टी ट्यांकीले  लियो दुई बालबालिकाको ज्यान 

रौतहट।  रौतहटमा दुई बालबालिकाको खेल्ने क्रममा सेफ्टीटयाकीमा खसेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० स्थित बिनुवा टोल निबासी गरिमा साहका दुई वर्षीय छोरा रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साहको खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको खुल्ला सेफ्टी टयाकीमा खसेर मृत्यु भएको हो ।  खेल्ने उपयुक्त सुरक्षित ब्यबस्था नहुँदा रौतहटमा यस्ता घटना […]

Jun 25, 2025 - 10:18
 0
 खुल्ला सेफ्टी ट्यांकीले  लियो दुई बालबालिकाको ज्यान 

रौतहट। 

रौतहटमा दुई बालबालिकाको खेल्ने क्रममा सेफ्टीटयाकीमा खसेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० स्थित बिनुवा टोल निबासी गरिमा साहका दुई वर्षीय छोरा रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साहको खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको खुल्ला सेफ्टी टयाकीमा खसेर मृत्यु भएको हो ।

 खेल्ने उपयुक्त सुरक्षित ब्यबस्था नहुँदा रौतहटमा यस्ता घटना भैरहने गरेको छ । सेफटी टयाकीमा खसेपछि  उनीहरुलाई तत्काल उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पताल लगिए पनि मृत घोषणा गरिएको थियो । 

पोस्टमार्टमपछि दुवैको शव परिवारजनलाई बुझाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए  । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register