दृष्टि साप्ताहिक अवहेलना : ‘एमिकस क्युरी’ माग्दै अदालतले माग्यो श्रेष्ठ र सुब्बासँग धरौटी

काठमाडौं । अवहेलना मुद्दामा मुछिएका दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग विशेष अदालतले जनही २५-२५ हजार रुपैयाँ धरौटी मागेको छ । बिहीबार दुवै सम्पादकको बयान सकिएपछि भएको थुनछेक बहसमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको छसदस्यीय […]

Jun 26, 2025 - 15:48
 0
दृष्टि साप्ताहिक अवहेलना : ‘एमिकस क्युरी’ माग्दै अदालतले माग्यो  श्रेष्ठ र सुब्बासँग धरौटी

काठमाडौं । अवहेलना मुद्दामा मुछिएका दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग विशेष अदालतले जनही २५-२५ हजार रुपैयाँ धरौटी मागेको छ ।

बिहीबार दुवै सम्पादकको बयान सकिएपछि भएको थुनछेक बहसमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको छसदस्यीय इजलासले यो निर्णय गरेको हो ।

इतिहासमा पहिलोपटक विशेष अदालतमा उपलब्ध सबै छ जना न्यायाधीशको इजलासले अवहेलना मुद्दाको सुनुवाई गरिरहेको छ । मुद्दाको जटिलता र सार्वजनिक महत्त्वलाई मध्यनजर गर्दै छसदस्यीय इजलासले मुद्दाको अन्तिम सुनुवाईका लागि एमिकस क्युरी (अदालतको सहयोगी) समेत माग गरेको छ।

‘अदालतको सहयोगी (Amicus Curie) को रूपमा तीनजना विद्वान कानुन व्यवसायी समेतलाई तोकी पठाइदिनू भनी विशेष अदालत बार एसोसिएसनलाई अनुरोध गरी लेखी पठाउनू’, आदेशमा उल्लेख गरिएको छ।

एमिकस क्युरी के हो?

कुनै पनि अदालतमा विचाराधीन मुद्दामा इजलासले विज्ञहरूसँग सल्लाह लिनुपर्ने देखेमा ‘एमिकस क्युरी’ गठन गर्ने प्रचलन छ । एमिकस क्युरीले अदालतलाई आफ्नो राय, सल्लाह र सुझाव दिन्छ । तर, निर्णयको अधिकार भने हुँदैन । निर्णय गर्ने अधिकार इजलासमा सम्मिलित न्यायाधीशहरूसँग मात्र हुन्छ  ।

विशेष अदालत नियमावली २०८० को नियम ७३ मा अदालतको सहयोगीको व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार इजलासले कुनै सार्वजनिक महत्त्वको विषय वा जटिल कानुनी प्रश्न समावेश भएको मुद्दामा सहयोगी माग्न सक्छ ।

‘सार्वजनिक महत्त्वको विषय वा जटिल कानुनी प्रश्न समावेश भएको मुद्दामा इजलासले अदालतको सहयोगीको रूपमा कुनै प्राध्यापक, कानुन व्यवसायी, सरकारी वकील वा विशेषज्ञको सहयोग लिन सक्नेछ’, भनी नियम ७३ मा स्पष्ट पारिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register