श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट शृंखला

काठमाडौं । श्रीलंकाले बंगलादेशविरुद्धको दुई टेस्ट खेलको शृंखला जितेको छ । कोलम्बोमा भएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ्स र ७८ रनले पराजित गरेको हो । बंगलादेशले पहिलो इनिङ्समा २४७ रन बनाएको थियो । श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा ४५८ रन बनाएको थियो र पहिलो इनिङ्समा २११ रनको अग्रता लिएको थियो । बंगलादेशले दोस्रो इनिङ्स १३३ […]

Jun 28, 2025 - 07:07
 0
श्रीलंकाले जित्यो बंगलादेशविरुद्धको टेस्ट शृंखला

काठमाडौं । श्रीलंकाले बंगलादेशविरुद्धको दुई टेस्ट खेलको शृंखला जितेको छ ।

कोलम्बोमा भएको दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ्स र ७८ रनले पराजित गरेको हो ।

बंगलादेशले पहिलो इनिङ्समा २४७ रन बनाएको थियो । श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा ४५८ रन बनाएको थियो र पहिलो इनिङ्समा २११ रनको अग्रता लिएको थियो ।

बंगलादेशले दोस्रो इनिङ्स १३३ रन मात्रै बनाउन सक्यो ।

श्रीलंका र बंगलादेशबीच गालेमा खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

श्रीलंका र बंगलादेशबीच खेलिएको यो टेस्ट शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ को हिस्सा हो । यो जितसँगै श्रीलंका अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा अष्ट्रेलिया पहिलो स्थानमा छ भने इङ्ग्ल्याण्ड दोस्रो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register