१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले […]

Jul 4, 2025 - 07:53
 0
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

कालो सूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्तिकर्तामा शिवम् कन्स्ट्रक्सन (नेपालगञ्ज), ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.(टोखा, काठमाडौँ), जय मयुरी ट्रेडिङ प्रा.लि. (पीपलचोक, मोरङ), पूर्णागिरि निर्माण सेवा (अमरगढी, डडेल्धुरा), जि.बि. मेटल क्राफ्ट एन्ड सप्लायर्स प्रा.लि. (वीरगञ्ज, पर्सा) र सिल्क/सिनोम्याक /ग्लोबलम्याटिक्स/विध जे.भी. (कुपण्डोल, ललितपुर) रहेका छन् ।

त्यस्तै, यू एण्ड आईरहिमचुली जे.भी. (ठूलीभेरी, डोल्पा), दुर्गा निर्माण सेवा (सोरहवा, बर्दिया), दिप ज्योती निर्माण सेवा (बरियारपट्टी, सिराहा) र एमएस सहयोगी कन्ट्र्याक्टर तथा ट्रेडिङ कम्पनीलाई पनि कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register