चोरी शिकार गरेको आरोपमा दुईजना पक्राउ

मुगु।  रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भरुवा बन्दुकसहित निकुञ्ज गस्ती टोलीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । रारा राष्ट्रिय निकुञ्ज कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमान ध्वज गुल्मको संयुक्त अपरेसन टोलीले विशेष सूचनाको आधारमा शिकार खेल्दै गरेको मौकामा संरक्षित पक्षी डाँफेको शिकार गरी […]

Feb 2, 2025 - 07:56
 0
चोरी शिकार गरेको आरोपमा दुईजना पक्राउ

मुगु। 

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भरुवा बन्दुकसहित निकुञ्ज गस्ती टोलीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

रारा राष्ट्रिय निकुञ्ज कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमान ध्वज गुल्मको संयुक्त अपरेसन टोलीले विशेष सूचनाको आधारमा शिकार खेल्दै गरेको मौकामा संरक्षित पक्षी डाँफेको शिकार गरी कारोबार भइरहेको भन्ने सूचना प्राप्तका आधारमा चोरी शिकार गर्ने दुई जनालाई निकुञ्ज सुरक्षा टोलीले पक्राउ गरेको हो ।

निकुञ्ज क्षेत्रमा संयुक्त अपरेसन टोलीले भरुवा बन्दुकसहित दुई जना शिकारीको साथमा मृत डाँफे जीउ ३, (भाले १, पोथी २) फक्रास जीउ ३ (भाले २, र पोथी) भरुवा बन्दुक थान १, भरुवा वन्दुकमा प्रयोग हुने गोली थान ३६, भरुवा बन्दुक पड्काउन प्रयोग हुने केप थान २७, बारुद बट्टा थान २, वारुद बनाउन प्रयोग गरिने सेतो रङको सोडा अन्दाजी ५ सय ग्राम, चक्कु थान १ मोबाइल थान १ र झोला कालो १ थानसहित रारा राष्ट्रिय निकुञ्जले पक्राउ पर्नेको साथमा रहेको प्रमाण सहित शुक्रवार सार्वजनिक गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा कनका सुन्दरी गाउँपालिका १ रिया गाउँ जुम्ला, वर्ष २६ का मानबहादुर कठायत र सोही गाउँपालीका वडा नं १ रियाकै वर्ष ३९ का गोरे कठायत रहेका छन् । पक्राउ परेका व्यक्तिहरुको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० (१) बमोजिम अनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात कार्य जारी रहेको संरक्षण अधिकृत न्यौपानेले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register