केन्द्रीय भवन निर्माणमा रोकावट, नेता निधिको आरोप

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राजर्षिजनक विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन राजनीतिक हस्तक्षेपका कारण बन्न नदिइएको आरोप लगाएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले नुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का जनप्रतिनिधिहरुले भवन बन्न नदिन नगराइन नगरपालिकाको फुलगामा रहेको जग्गामा समेत रोकावट गरेको बताए। उनका अनुसार, गुठी संस्थानसँग […]

Jul 5, 2025 - 08:48
 0
केन्द्रीय भवन निर्माणमा रोकावट, नेता निधिको आरोप

जनकपुरधाम ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राजर्षिजनक विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन राजनीतिक हस्तक्षेपका कारण बन्न नदिइएको आरोप लगाएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले नुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का जनप्रतिनिधिहरुले भवन बन्न नदिन नगराइन नगरपालिकाको फुलगामा रहेको जग्गामा समेत रोकावट गरेको बताए।

उनका अनुसार, गुठी संस्थानसँग फुलगामा रहेको १३ विघा जग्गामा भवन बनाउन सहमति भइसकेको थियो। तर केही नेताहरुले शिक्षा मन्त्रीलाई दबाब दिएर भवन निर्माण रोकिएको निधिले गुनासो गरे। “पहिले हामीले जनकपुरमा केन्द्रिय भवन बनाउन जग्गा खोज्यौं तर पाइएन। अहिले फुलगामा जग्गा छ तर भवन निर्माण हुन दिइएको छैन,” उनले भने।

राजर्षिजनक विश्वविद्यालयको ऐनमा जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पस, सिरहा र सप्तरीका क्याम्पसलाई आधार क्याम्पस बनाउने व्यवस्था रहेको छ। निधिका अनुसार, राजनीतिक हस्तक्षेपका कारण नै यसले प्रभावकारी काम गर्न सकिरहेको छैन।

विश्वविद्यालयका उपकुलपति प्रो।डा। अमर प्रसाद यादवले भने, “विश्वविद्यालय अनुदान आयोगको अनुमतिमा ढिलाइ हुँदा भवन निर्माण हुन सकेको छैन।” उनले विश्वविद्यालय विधानमा धनुषा जिल्लामा केन्द्रीय कार्यालय राख्ने प्रावधान रहेको समेत बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register