बेलायतमा मनाइयो भानु जयन्ती

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेले २१२औँ भानु जयन्ती सम्मान, कविता वाचन, प्रवचन लगायत विविध साहित्यिक कार्यक्रम गरी मनाएको छ । आइतबार शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबीइले नेपाली भाषा […]

Jul 13, 2025 - 22:24
 0
बेलायतमा मनाइयो भानु जयन्ती

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेले २१२औँ भानु जयन्ती सम्मान, कविता वाचन, प्रवचन लगायत विविध साहित्यिक कार्यक्रम गरी मनाएको छ । आइतबार शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटमा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबीइले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्दै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा परिषद् स्थापना गरेर नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान पुरयाएको बताए । उनले अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर परिवारलाई प्रशंसापत्रद्वारा सम्मान पनि गरे ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै वरिषठ सहअध्यक्ष ध्रुव केसीले अत्यन्त अविकसित समाज रहेको कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए, त्यो आफैंमा एक साहसिक कदम रहेको स्मरण गरे । उनले भानुभक्तले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्न महत्वपूर्ण योगदान पुरयाएको चर्चा पनि गरे ।

सभापतिको आसनबाट बोल्दै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको स्मरण गर्दैै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न नेपाली भाषा साहित्य र संस्कृति जस्ता चिनारी जोगाउंदै लैजानुपर्ने औचित्यमा जोड दिए ।

यसअघि परिषद्का पूर्व अध्यक्ष हरिसिंह थापालले शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले विदेशमा नेपाली भाषा, धर्म संस्कृतिलाई जीवन्त राख्न अनुकरणीय कार्य गरेको बताइ । पूर्व अध्यक्ष थापाले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्न रूपले भिजेको बताउंदै परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको चर्चा गरे ।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की सहअध्यक्ष डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको बताइन् । बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको नभइ समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको उनको धारणा थियो ।

स्वागत मन्तव्य दिंदै परिषद्का वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले जसरी समग्रहमा नेपाली भाषा साहित्यका कुरा आउँदा सँधै आदिकवि भानुभक्तलाई सम्झने गरिन्छ, त्यसरी नै हामीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यांै भने आदिकवि प्रति सच्चा श्रद्धाञ्जली पुग्ने बताए । केसीले परिषदले यही उद्धेश्य बोकेर स्थापनाकाल सन् १९९५ देखि नै भानु जयन्ती मनाउँदै आएको उल्लेख गरे ।

आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यापर्णबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गरेका थिए ।

दोस्रो चरणको कवि गोष्ठीमा वसन्त रायक्षेत्री, हरिसिंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, हरि विभोर कार्की, विनोद पराजुली, मनोज अन्जान, पवन दाहाल, मदन थापा, मधुसुधन सत्याल, शुष्मा भट्टराई, विरेन्द्र कुवंर, विक्रम भट्टराई, लेख गुरुङ, किशोर गुरुङ, कोमल मल्लले कविता वाचन गरे भने घनबहादुर थापा मगर, वासु शर्मा र वासुदेव सापकोटाको कविता कोमल मल्लबाट वाचन गरिएको थियो ।

समारोहमा मन्तव्य राख्दै परिषद्का सल्लाहकार तथा यती नेपाली एसासिएसन यूकेका पूर्व अध्यक्ष हरिविभोर कार्कीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लागेमात्र आदिकवि भानुभक्तप्रति सच्चा श्रद्धाञ्जली पुग्ने बताए ।

कार्यक्रममा तनंहु समाज यूकेका अध्यक्ष तथा संरक्षक लेख बहादुर गुरुङले परिषदले भानुभक्त जयन्ती मनाएर ४० वर्ष पछि आफ्नो मन मष्तिष्कमा भानुभक्तको 
सम्झना जगाएर प्रशंसनीय कार्य गरेको बताए ।

परिषद्को तर्फबाट सहअध्यक्ष वाचस्पती रेग्मीले कार्यक्रम सफल बनाउन उपस्थित अतिथीहरु तथा आर्थिक तथा भौतिक सहयोग पुरयाउने विशिष्ट व्यक्तित्वहरु डा. राघव प्रसाद धिताल ओबीइ तथा डा. जनककुमारी धिताल, शुषमा भट्टराई, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर परिवार, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, ध्रुव केसी, डा.सुधा श्रेष्ठ, मनोज अन्जान, विरेन्द्र कुवंर र मदन थापालाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा शिवनामी खादा लगाई अतिथि सबैलाई सम्मान गर्दै शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अध्यक्ष विक्रम भट्टराईले यस्ता कार्यक्रम भविष्यमा पनि गर्न सहयोगको ढोका खुल्ला रहने बताए ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अध्यक्ष विक्रम भट्टराई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register