बिर्तामोड उवासंघको राहत कोषमा थापाको २५ हजार

झापा, ३० असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि बिर्तामोडका व्यवसायी गुञ्जन थापाले २५ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले संघका अध्यक्ष राजु न्यौपाने र राहत कोषका संयोजक राजकुमार घिमिरे राजु लाई आफ्नो जन्म दिनको अवसार पारेर २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघले व्यवसायीको हितका लागि [...] The post बिर्तामोड उवासंघको राहत कोषमा थापाको २५ हजार appeared first on Jhapa Online.

Jul 14, 2025 - 03:24
 0
बिर्तामोड उवासंघको राहत कोषमा थापाको २५ हजार

झापा, ३० असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि बिर्तामोडका व्यवसायी गुञ्जन थापाले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

उनले संघका अध्यक्ष राजु न्यौपाने र राहत कोषका संयोजक राजकुमार घिमिरे राजु लाई आफ्नो जन्म दिनको अवसार पारेर २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघले व्यवसायीको हितका लागि राम्रो काम गरेको भन्दै नगद सहयोग गरेको बताइएको छ । थापा विभिन्न सामाजिक तथा व्यवसायीक संघ संस्थामा आवद्ध छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको राहत कोष स्थापना गर्ने उद्देश्यले गतवर्षबाट रकम संकलन शुरु गरेको छ । सो कोषमा अहिले व्यवसायी सहित आम नागरिकले जन्म दिन सहित विभिन्न अवसर पारेर कोषमा सहयोग प्रदान गर्दै आएका छन् । कोषमा २० लाख माथि रकम संकलन भइसकेको छ ।

The post बिर्तामोड उवासंघको राहत कोषमा थापाको २५ हजार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register