दाउन्नेः बाटोको बिजोग, नागरिकलाई सास्ती, व्यापारी हैरान ! 

काठमाडौँ । निर्माण सुरु भएको लामो समय बित्दा समेत दाउन्ने-बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् ।  त्यति मात्रै होइन, राजमार्गका होटलहरुमा चहलपहल समेत ह्वात्तै […]

Jul 14, 2025 - 10:17
 0
दाउन्नेः बाटोको बिजोग, नागरिकलाई सास्ती, व्यापारी हैरान ! 

काठमाडौँ । निर्माण सुरु भएको लामो समय बित्दा समेत दाउन्ने-बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । 

त्यति मात्रै होइन, राजमार्गका होटलहरुमा चहलपहल समेत ह्वात्तै घटेको छ । सडककै कारणले विगतको तुलनामा आधा भन्दा बढि व्यापार घटेको व्यवसायीहरुले बताएका छन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत पाँच/सात वर्षदेखि धुलो/धुवाँ प्रदुषण झेल्नुपरेको बताए । उनले बाटोकै कारण व्यापार चौपट भएको पनि बताएका छन् । ‘बाटो निर्माणको काम समयमै नसकिँदा अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् ।’, उनले भने, ‘पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । अहिले सडककै कारण होटलमा मान्छे नै आउँदैनन् ।’

बाटोकै कारण हाल व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताएका छन् ।

यता निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहे पनि तिव्र हुन नसक्नुमा व्यवसायीको आ-आफ्नै समस्या रहेको बताएका छन् । उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषी रहेको बताएका छन् । ‘राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिँदा व्यवसायी अझ समस्या फसेका हुन् ।’, उनले भने, ‘सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register